निराकरण खबर अछाम:नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत क्षेत्र नं १ अछाममा पुन मतदान सुरु भएको छ ।

यहि ६ गते भएको निवार्चनमा बढी मत खसेको भन्दै पुन मतदान भएको हो ।
क्षेत्र नं १ मा नेपाली कांग्रेसका कुल ७ सय ६९ रहेको ७ सय ४७ मत खसेको थियो । महाधिबेशन प्रतिनिधीको मतगणना क्रममा पहिलो मतपेटीका गणना भईसकेपछि द्रोस्रो मत पेटीका गणनाको क्रममा मतहरु रुजु गर्ने क्रमा ७ सय ७८ मत पुगेपछि बिवाद उत्पन्न भएको थियो । ४ दिनको रस्साकस्सी पछि पुन मतदाता हुने सहमती भएको हो ।
यो पनी
अछाम क्षेत्र नं १ मा पुनः मतदान हुँदै : देउवाकै दुई प्यानल चुनावी मैदानमा










