Advertisement
SKIP THIS
अछाम क्षेत्र नं १ मा पुनः मतदान हुँदै : देउवाकै दुई प्यानल चुनावी मैदानमा

निराकरण खबर अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नं १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यहि ६ गते भएको क्षेत्रिय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो।

एक तर्फ पुर्व राज्य मन्त्री गोबिन्द बहादुर शाह र पुर्व जिल्ला पार्टी सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको छ भने , अर्को तर्फ हालका पार्टी सभापति भरत कुमार स्वारको नेतृत्वमा प्यानल चुनावी प्रतिस्पर्धा गर्दै छ।

पुर्व राज्य मन्त्री गोबिन्द बहादुर शाह र पुर्व जिल्ला पार्टी सभापति मेगराज खड्का नेतृत्वमा टिकाराम खनाल ,टेक बहादुर साउँद, राजन कुँवर ,कृष्ण कुँवर (एन्जीला) राजेन्द्र शाह, राजन कुँवर ,नृप बहादुर साउँद र काली बुढा रहेका छन।

यस्तै हालका पार्टी सभापति भरत कुमार स्वारले नेतृत्व गरेको प्यानलमा भक्त ठकुल्ला,राजेन्द्र खड्का,टेक बहादुर कुँवर,बल बहादुर कुँवर, तपेन्द्र शाह,मोहन कुँवर,भिम बहादुर साउँद,शेर बहादुर शाह र राम बहादुर कुँवर रहेका छन् ।

दुबै प्यानल आफु बलियो भएको दाबि गरिरहदा प्रारम्भिक आकलनमा पुर्व राज्यमन्त्री गोबिन्द्र बहादुर शाह र पुर्व पार्टी सभापति मेगराज खड्काको नेतृत्वमा रहेको प्यानल बलियो देखिएको छ।

तपाईको प्रतिक्रिया