Advertisement
SKIP THIS
नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी

डोटी :नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी भएका छन् । कांग्रेसको१४औं महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट सिंह विजयी भएका हुन् ।देउवा प्यानलबाट निर्वाचन लडेका सिहंले ५६८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्दी भूमिराज बडुले ३९७ मत प्राप्त गरे ।

जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना आजै राति नै हुने

जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना आजै राति नै हुने निर्वाचन कमिटीले जनाएको छ ।
सभापतिका लागि पहिलो चरणमा पाँच जना उमेदवारका बीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नरेन्द्र बहादुर सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नर बहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । ५ प्रतिस्पर्धी मध्य जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने बिधानमा उल्लेखित छ । पहिलो चरणमा ५१ प्रतिशत मतपरिणाम नपुगेकोले पुनः दोश्रो चरणमा मतदान भएको थियो।

१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो। जसमा ४८ मत बदर भएका थिए ।
दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको थियो भने २२ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया