Advertisement
SKIP THIS
नेबिसंघ अछामका सभापति साउँदद्वारा महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा

निराकरण सम्वाददाता अछाम: नेपाल बिधार्थी संघ अछामका सभापति नृप साउदले नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि आफ्नो उम्मेद्धारी रहने उनले बताएका हुन् ।

कांग्रेस क्षेत्र नं. १ बाट उनले पद अनुसारको पूर्ण जिम्मेवारी, वैचारिक सृजनशिल र ससक्त संगठन निर्माणका लागि मेरो उम्मेद्धारी भन्ने नाराका साथ उम्मेद्धारी घोषणा गरेका छन् ।

नेता साँउदले पार्टी संगठनलाई चलायमान र बलियो बनाउन यसपटक युवालाई पनि स्थान दिनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया