Advertisement
SKIP THIS
कांग्रेस अछामको सचिवमा युवा नेता बिष्टको दाबि

अछाम :नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तर गत यही मंसिर १० गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा आफू जिल्ला कार्यसमितिको सचिव पदमा लड्ने नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले घोषणा गर्नु भएको छ ।

हिजो कार्तिक २४ गते लौह पुरुष गणेशमान सिंह को १०७ औं जन्म जयन्तीको अवसरमा उहाँ प्रति उच्च सम्मान गर्दै उहाँकै मार्गदर्शन लाई आत्मसाथ गर्दै पाटीको सचिव लड्ने उद्घोष बिष्टले गर्नु भएको हो नेपाल विद्यार्थी संघको राजनीति बाट उदाएका बिष्ट पछिल्लो समयमा नेपाली कांग्रेस अछाममा निकै सक्रियता पुर्वक लागेका छन ।

पार्टिका जस्तोसुकै कार्यक्रम र निर्णयलाई जनता माझ पुगाउने र पाटी बलियो बनाउने अभियान बिष्ट जहिले पनि अग्रपंक्तिमा रहेका छन। २०७७ साल भाद्र मा आएको बाढिका कारण प्रभावित रामारोशन क्षेत्रका जनताका लागि राहत तथा उदारमा निकै सक्रिय भएर काम गरेका बिष्ट कांग्रेस अछाममा युवाहरू रुचाउने मध्येका एक बौद्धिक क्षमतावान र प्रष्ट वक्ता समेत हुन ।

तपाईको प्रतिक्रिया