Advertisement
SKIP THIS
ऐतिहासिक डौंठेगडा दसैं मेला यसपटक मंसिर ३ गते, यसरी सुरू भएको थियो

निराकरण सम्वाददाता अछाम :अछाम जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष मंसिर ३ गते हुने  भएको छ।

बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने गर्दछ। गत बर्ष दशै मेला कोरोना भाईरसका कारण रोकिएको थियोे ।

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आईएको छ।डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ।काेराेना भाईरसबाट सुरक्षित हु भन्दै देश तथा बिदेशबाट यस बर्ष सयौं रागा बाेकाकाे भाकल समेत गरिएका छन् ।

यस्तो  छ डौंठेगडाकाे  इतिहास

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ।

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको पाईन्छ ।  तत्कालिन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट आएपछी राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएकाे थियो ।

सोही क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि त्यो बेलाको प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका डौठेगडा मेलाका जानकार थिर बहादुर खड्काले बताए ।

जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए।

काट्न आएका खड्काका मित प्रहरीले उनलाई  भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको डौंठेगडाका जानकार थिर बहादुर खड्का बताउछन ।

पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौंगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए।

सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौठेगडामा छौडाउँदै राँगाको बली दिएर दसैं मेलाको सुरुवात गरेको भनाई छ।

त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पुराभए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ।मनोकांश पुराभए राँगालाई दौडाएर बली चढाउने परम्परा छ। यहाँ अछामवाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौंको उपस्थित हुन्छन्।                                                                कपि गर्न सक्त मनाहि छ।

तपाईको प्रतिक्रिया