Advertisement
SKIP THIS
बेरोजगार युवालाई खुसिको खबर,१९ विषयमा निःशुल्क सीपमूलक तालिम

काठमाडौं :उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

हालै एक सूचना जारी गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ ।

देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने केन्द्रले जनाएको छ ।

कुन-कुन विषयमा हुँदैछ तालिम ?

प्याट्रन सिलाई (बेसिक, एडभान्स), व्युटिसियन (बेसिक, एडभान्स), मोटर वायन्डिङ्ग, प्लम्बिङ्ग, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, अटोमेकानिक्स (गाडी मर्मत), कम्प्युटर मर्मत (हार्डवेयर), बेकरी बेसिक, हाउस वायरिङ्ग, खाद्य प्रशोधन, उद्यमशीलता विकास, फेसन डिजाइन, मेसिन इम्ब्रोइडरी, कृष्टल सामाग्री, कफी वारिष्टा एवं हाते इम्बोइडरी तालिम रहेका छन् ।

यस केन्द्रको वेबसाइटमा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएकाे छ ।

तपाईको प्रतिक्रिया