Advertisement
SKIP THIS
बान्निगढी गाउँपालिकामा कर्मचारीकाे बिदाइ

निराकरण खबर अछाम :बान्निगढि जयगढ गाउपालिकामा कार्यरत एक जना कर्मचारीकाे बिदाइ गरिएको छ ।

श्रेणि विहिन पाचाै तहमा कार्यरत कर्मचारी देव बहादुर खड्काकाे विदाई गरिएको हाे । ३२ बर्ष सेवा अवधि पूरा गरि यहि असाेज २९ गते अनिवार्य अवकाश प्राप्त खड्कालाई बुधबार पालिकामा एक कार्यक्रमका विच विदाई गरिएकाे हाे ।

बिदाइ कार्यक्रममा वाेल्दै गाउपालिका अध्यक्ष राजेन्द्रवहादुर खड्काले अवकास प्राप्त खड्काकाे आगामि दिन सहज र शुखमय विताेस भन्दै शुभकामना दिनुभएको छ । हरेक कार्यालयलाई खड्का जस्तो लगनशील ईमान्दार कर्मचारीकाे आवश्कता रहेकाे औल्याउनु भएकाे छ ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष लाेगवहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जाेशि,वडा अध्यक्ष , कार्य पालिका सदस्य , पालिका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया