Advertisement
SKIP THIS
सिंहदरबारभित्र गोली चल्यो

काठमाडौंः सिंहदरबारभित्र गोली चलेको छ। तर, कसैलाई लागेको छैन।

प्रहरीले दिएको प्रराम्भिक सूचना अनुसार बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीले जनाएको छ। गोली कसरी चल्यो भन्नेबारे सोधपुछ र छानबिन सुरु भएको छ।

तपाईको प्रतिक्रिया