Advertisement
SKIP THIS
आर्दली गाडले कटान गर्दा संङ्ग्रातोलि सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा

आर्दली गाडले कटान गर्दा संङ्ग्रातोलिको सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा

निराकरण खबर अछाम : गत आईतवार देखि परेको अबिरल बर्षाका कारण आर्दली गाडमा आएको बाढीले कटान गर्दा सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको छ।

साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटको संङ्ग्रातोलि गाउँ पहिरोको उच्च जोखिममा परेको छ। आर्दलीगाडले कटान गरेपछि करिव ४० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

खोलाबाट करिब १५ सय मिटर जति पहिरो गईसकेको अब गाउँमा पहिरो पुग्न २ सय मिटर मात्रै बाकि रहेको स्थानीय कम्मान सिह खड्काले जानकारी दिए।

खड्काका अनुसार अब गाउँनै पहिरोले बगाउन सक्ने हुदाँ पहिरो नियन्त्रणका लागि यथेष्ट पहल गरिदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया