Advertisement
SKIP THIS
अबरुद्ध केआई सिंह राजमार्ग सञ्चालनमा ||

निराकरण खबर अछाम:अविरल बर्षाका कारण केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका रडुवा खोला नजिकै बाढीले भत्काएको सडक सञ्चालनमा आएको छ।

गएको आईतवार देखि परेको अबिरल बर्षाले गर्दा रडुवा खोलामा आएको बाढीले सडक सञ्चालनमा आएको डोटीबाट पत्रकार प्र’काश बमले बताए ।

सडक सञ्चालन नहुदा अछाम बाजुरा र डोटीका यात्रुहरुले सास्ती भोग्नुपरेको थियोे । सडक नहुदा अछामबाट धनगढी जानलाई कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै जानुपर्ने बाध्यता रहेको थियो ।

अछामबाट धनगढी जान रु १ हजार भाडा लाग्ने गरेकोमा सुर्खेतहुँदै जादा २५ सय तिर्नुपर्ने बाध्यता रहेको थियोे ।सडक अस्थाई रूपमा समेत सञ्चालन हुन अझै ३ दिन बढी लाग्न सक्ने सडक डिभिजन कार्यलय दिपायलले जनाएको छ।

तपाईको प्रतिक्रिया