Advertisement
SKIP THIS
निगमको जहाजले भोलि देखि धनगढी अछाम उडान भर्दै ,खुलेन भने कार्यालय

निराकरण खबर अछाम :नेपाल एयरलाइन्सले धनगढी अछाम उडान भर्ने भनिरहदा अछामको साफेबगरमा रहेको कार्यलय भने २ बर्ष देखि बन्द रहेको छ।

भोलि मंगलबार देखि धनगढी अछाम  भर्ने समाचार आईरहदा अछाममा रहेको कार्यलय भने खुलेको छैन ।

अछामलाई हेर्ने एयरलाइन्सको नेपालगन्जका कार्यलय प्रमुख किरन मान श्रेष्ठले भने अछाम उडानबारे आफुलाई कुनै जानकारी नआएको निराकरण खबरलाई बताए । धनगढीबाट बझाङ र डोटी उडान भईरहेको उनलेे बताए ।

निगम स्रोतका अनुसार सोमबार (आज)बेलुका साझसम्म तालिका आउने र अछामको लागि भोलि मंगलबार दुई उडान हुन सक्ने छ , तत्कालका लागि साफेबगर नगरपालिकालाई जिम्मेवारी दिन सक्नेछ ।

यस अघि हप्ताको २ दिन नेपालगन्ज देखि साफेबगर उडान भर्दै आएको थियोे ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो । तर एयरलाइन्सले जहाज नआएपनि अछामको साफेबगरमा कार्यलयको भने भाडा तिररहेको थियो ।

तपाईको प्रतिक्रिया