Advertisement
SKIP THIS
नेपाल एयरलाइन्सद्वारा धनगढीबाट साफेबगर उडान भर्ने

निराकरण खबर अछाम : नेपाल एयरलाइन्सले अछामको साफेबगर बिमानस्थलमामा पनि उडार्न भर्ने भएको छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएको उनले बताए। यस अघि हप्ताको २ दिन नेपालगन्ज देखि साफेबगर उडान भर्दै आएको थियोे ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो । तर एयरलाइन्सले जहाज नआएपनि अछामको साफेबगरमा कार्यलयको भने भाडा तिररहेको थियो ।

तपाईको प्रतिक्रिया