Advertisement
SKIP THIS
अछाममा ६ दिन देखि अबरुद्ध बिधुत र सञ्चार सेवा सञ्चालनमा

निराकरण खबर अछाम :अछाममा ६ दिन देखि अबरुद्ध बिधुत र सञ्चार सेवा सञ्चालनमा आएको छ।

दिपायल साफेबगर ३३ केभि प्रशारण लाईनका बर्षाका कारण डोटीको पुर्बिचौकी गाउँपालिका र अछामको चौरपाटी गाउँपालीका मार्कु क्षेत्रमा पहिरो बिधुतका पोल ढाल्दा गत आईतवार राति देखि अबरुद्ध भएको बिधुत सेवा शनिबार साझँ देखि सञ्चालनमा आएको हो।

बिधुत सेवा सञ्चालनमा आए सँगै सञ्चार सेवा समेत नियमित सञ्चालनमा आएको हो ।  बिधुत र सञ्चार सेवा सञ्चालन भएपनि सडक सञ्जाल भने अबरुद्ध नै रहेको छ। केआई सिहं राजमार्ग अन्तरगत डडेलधुराको गन्यापधुरा २ रडुवामा खोलाले सडक भत्काउदा ६ दिन देखि नै अछाम बाजुरा र डोटीको सडक सञ्जाल टुटेको छ।

तपाईको प्रतिक्रिया