Advertisement
SKIP THIS
रडुवामा भत्किएको सडक सञ्चालन आउन अझै ३ दिन बढी लाग्न सक्ने ,

निराकरण खबर अछाम:अविरल बर्षाका कारण केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका रडुवा खोला नजिकै बाढीले भत्काएको सडक अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

सडक सञ्चालन नहुदा अछाम बाजुरा र डोटीका यात्रुहरुलाई अप्ठ्यारो परेको छ।

सडक सञ्चालन नहुदा रिफर गरिएका बिरामीहर समेत अस्पतालको शैयामा मृत्यु कुरिरहेका छन् । सडक सञ्चालन नहुदा तीन जिल्लामा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन थालेको छ।

सडक अस्थाई रूपमा समेत सञ्चालन हुन अझै ३ दिन बढी लाग्न सक्ने सडक डिभिजन कार्यलय दिपायलले जनाएको छ।

तपाईको प्रतिक्रिया