निराकरण सम्वाददाता अछाम :आईतवार देखि परेको अबिरल बर्षा सँगै आएको बाढी र पहिरोका कारण सुदुरपश्चिम प्रदेशमा २८ जनाको मृत्यु भएको छ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले दिएको जानकारी अनुसार डोटीमा १३, वझाङमा आठ, वैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको हो।
त्यस्तै गरेर वझाङमा २० र कैलालीमा एक गरेर २१ जना बेपत्ता भएको बताइएको छ ।