Advertisement
SKIP THIS
अछाममा बिद्युत सेवा सञ्चालन हुन अझै ३ दिन लाग्न सक्छ , प्राधिकरण

निराकरण सम्वाददाता:अछाममा बिद्युत सेवा सञ्चालन हुन अझै ३ दिन लाग्न सक्ने नेपाल बिद्युत बितरण केन्द्र अछामले जनाएको छ ।

आईतबार देखि परेको अबिरल बर्षाले दिपायल देखि अछामको साफेबगर सम्म रहेको ३३ केभि प्रशारण लाईनमा ठुलो क्षति गरेको छ । अहिले डोटीको शान्तीनगर क्षेत्रमा पोल गाड्ने तार तान्ने काम भईरको बितरण केन्द्र अछामले जनाएको छ।

क्षती ग्रस्त क्षेत्रमा काम युद्ध स्तरमा भईरहेको यहि हिसावले काम गर्दा समेत अझै ३ दिन जति लाग्न सक्ने मर्मत कार्यमा संग्लन एक कर्मचारीले बताए । आईतबार देखि परेको अबिरल बर्षाका कारण आएको पहिरोका कारणले अछाममा आईतबार देखि बिद्युत र सञ्चार पुर्ण रुपमा अबरुद्ध भएका छन ।

तपाईको प्रतिक्रिया