निराकरण सम्वाददाता अछाम :आईतवार राति देखि परेको अबिरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध पारेका अछाम प्रबेश गर्ने दुईवटै नाकाको अबरोध हटेको छ।
अछामको प्रमुख नाका डोटी र अछामको सिमाना चौखुट्टे र पुर्बि अछामको बेलखेत सम्म पहिरोले पारेको अबरोध हटेको हो।
शुक्रबारबाटै दुईवटै क्षेत्रबाट अछाम भित्रने सवारी आवागमन सहज रुपमा हुन थालेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक गंगा दत्त बडुले निराकरण खबरलाई जानकारी दिए।