Advertisement
SKIP THIS
अछाममा २ दिन देखि बिधुत सेवा अबरुद्ध,मर्मत गर्न गएको टोली सडक अबरुद्ध हुदा जान सकेन

निराकरण सम्वाददाता अछाम :गए रातिदेखि अछामको बिधुत सेवा अबरुद्ध भएको छ।

दिपायल अछाम ३३ केभि प्रशारण लाईन अन्तरगत डोटीको पुर्वीचौकि गाउपालिकामा सल्लाको रुख ढल्दा बिधुतको तार चुडिएकाले सेवा अबरुद्ध भएको बितरण केन्द्र अछामले जनाएको छ।

साफेबगरबाट मर्मत कार्य गर्न गएको टोली दिपायल साफेबगर सडक खण्डको चौखुट्टे मार्कुमा खसेको पहिरोले जान नसकेको र सोमबार साझ मात्रै मार्कुबाट हिडेकोले मंगलबार बिहान देखि मात्रै मर्मत कार्य भई बिधुत सेवा सुचारु हुने बितरण केन्द्र अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया