Advertisement
SKIP THIS
बीसीलाई प्रदेश सह-ईन्चार्जको जिम्मेवारी

रमेश रावत २५ असोज बिनायक:नेकपा एमालेको बिध्यार्थी संगठन अनेरास्ववियुले अछामका पुर्व जिल्ला अध्यक्ष डम्बर बीसीलाई स्थायी समिती सदस्य तथा सुदुरपस्चिम प्रदेशको सह-ईन्चार्जको जिम्मेवारी दिएको छ ।
संगठनका निबर्तमान केन्द्रिय सदस्य बीसीलाई आजको बैठकले उक्त जिम्मेवारी दिएको अनेरास्ववियु स्रोतले जानकारी दिएको छ ।

२०६० सालदेखी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखी काम गरेका बीसी निरन्तर संगठन र पार्टिको राजनितिमा छन । २०६२ सालमा माओबादी दन्दको समयमा अनेरास्ववियुको ईलाका अध्यक्ष भएका बिसि २०६४ मा सुर्खेत बहुमुखी क्याम्पसको ईकाई सहसचिब हुँदै उपाध्यक्ष भएका थिए ।

२०६५ को स्वबियु निर्वाचनमा उक्त क्याम्पसमा उपाध्यक्ष लडेका बिसी शान्ती प्रक्रिया पछि अछाममा सक्रिय छन । २०६८ सालमा संगठनको अछाम जिल्ला सचिब भएका उनी २०७१ मा जिल्ला अध्यक्ष हुँदै ०७२ मा केन्द्रिय सदस्य चुनिएका थिए ।

बिध्यार्थी राजनिती सङ्गै पार्टिको राजनितिमा रहेका बिसी नेकपा एकता देखि जिल्ला कमिटी सदस्य पदमा काम गरिरहेका छन।
जिल्लाको तुर्माखाद गाउँपालिका ३ भैरवस्थान घर भएका बीसी सामाजिक क्षेत्रमा पनि त्यतिकै रुचाईएका ब्यक्ति हुन।
उनी  गाउँको बसुन्धरा माबीमा २ कार्यकाल अध्यक्ष चुनिएका थिए । पार्टीमा बिबाद चुलिदा केपि ओलिको पक्षमा सुरुमै खुलेका उनी पुर्बी अछाममा सम्भावना बोकेको ब्यक्तिको रुपमा लिईन्छ ।

तपाईको प्रतिक्रिया