Advertisement
SKIP THIS
अछाममा जन्ती गएर फर्किएको जिप दुर्घटना हुदा ३ जनाको मृत्यु

रमेश रावत अछाम :अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

गए राती (आईतवार )जिल्लाको पन्चदेवल बिनायक नगरपालिका कुईकामा भएको दुर्घटनामा गाडी चालक सहित १६ जना बढी घाईते भएका छन ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षिय जीवन न्यौपाने, सोही वडाका १८ बर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ बर्षका जीवन जैशी रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाईते १६ जना मध्य १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ ,भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपिन्द्र शाहिलाई नेपालगन्ज लगिएको छ ।

तपाईको प्रतिक्रिया