Advertisement
SKIP THIS
कैलालीको मोहन्याल गाउँपालिकामा अख्तियारको छापा

गोविन्द बीसी बौनिया:कैलालीको मोहन्याल गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ ।

गाउँपालिकाबाट आर्थिक अनियमितता भए, गरेको उजुरी परेपछि शुक्रबार टोली नै पठाएर अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको विभिन्न विकास निर्माण आयोजनामा आर्थिक अनियमितता भएको भन्ने प्राप्त सूचना तथा उजुरीका आधारमा अनुसन्धान टोली पठाइएको अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी शाखा अधिकृत हरिशचन्द्र जोशीले जानकारी दिए ।

‘निर्माण, ठेक्काट्टासंग सम्बन्धित उजुरी परेको थियो । आवश्यक सोधपुछ र कागजात माग गरेका थियौं, उहाँले भन्नुभयो, ‘टोलि दुई दिनपछि फर्किएको छ ।एकदिन त्यही बसेर सोधपुछ, कागजात हेर्ने र बुझ्ने काम गरेका थियौं । अलिकति विस्तृत किसिमको उजुरी भएकाले कार्यालयका कागजात लिएर टोली फर्किएको छ । थप अनुसन्धान प्रक्रियालाई अघि बढाउछौँ ।’

यसअघि प्रारम्भिक रूपमा लिखित स्पष्टीकरणसहित जवाफ माग गरिएको र छानबिन प्रभावकारी बनाउन अख्तियारले टोली पठाएर कागजपत्र झिकाएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया