Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले लिने बारे छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले लिने गरी केन्द्रमा सत्ता गठबन्धनबीच छलफल भएको छ। केन्द्रको सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेसले सुदूरपश्चिम र नेकपा एकिकृत समाजवादीले प्रदेश नम्बर १ र बाग्मतीमा नयाँ सरकार गठन गर्ने समझदारी दलहरुबीच भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका एक नेताले  बताए।

उनका अनुसार केन्द्रमा शुक्रबार मन्त्रिपरिषद् बिस्तार भएपछि सुदूरपश्चिम, बाग्मती र प्रदेश १ को सरकार परिवर्तन र सत्ता साँझेदारीको कुरा ठोस रुपमा अगाडि बढ्नेछ। यसअघि कणार्ली र लुम्बिनीमा नेकपा मोओवादी केन्द्र नेतृत्वमा सरकार छ भने गण्डकीमा नेपाली काँग्रेस नेतृत्वमा सरकार छ। २ नम्बर प्रदेशमा भने जसपाको सरकार छ।

सत्ता गठबन्धनका काँग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले २÷२ प्रदेशको नेतृत्व गर्ने समझदारीले केन्द्र सरकार गठनको कामले पूर्णता पाएसँगै अगाडि बढ्ने समझदारी सत्ता गठबन्धनमा भएको ती नेताले बताए।

सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टको ठाउँमा काँग्रेसले मुख्यमन्त्री पाउने छ। तर सत्ता गठबन्धनमा भने नेकपा माओवादी केन्द्र पनि रहनेछ। सुदूरपश्चिम र बाग्मती प्रदेशमामा बाँकी समायावधिका लागि काँग्रेस र नेकपा एकिकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नसक्ने बताइएको छ।दिनेशखबर

तपाईको प्रतिक्रिया