Advertisement
SKIP THIS
नेपाली काँग्रेस बाजुराको  सभापतिमा रामसिंह रावल विजयी

बाजुरा: नेपाली काँग्रेस बाजुराको  सभापतिमा रामसिंह रावल विजयी भएका छन् ।

रावलले ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएका निर्वाचन समिति बाजुराले जनाएको छ ।

निर्वतमान पाटि सभापति कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुुन् । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको थियोे ।

दोस्रो चरणमा भएको मतदानमा ११ सय ८२ मत खसेका थिए । रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका छन् ।

यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण पाध्याय सचिवमा तिलक पुरी र भरत रोकाया निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया