Advertisement
SKIP THIS
नगर कार्य समितिकाे पदबहालि तथा विजया दशमीकाे शुभ-कामना आदानप्रदान कार्यक्रम सम्पन

निराकरण सम्वाददाता  डाेटि: दिपायल सिलगढी नगर कार्य समितिकाे पदवहालि तथा विजया दशमी २०७८ काे शुभ-कामना आदानप्रदान कार्यक्रम विपिस्मृति भवन सिलगढीमा  सम्पन्न भयकाे छ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत गत असाेज ९ गते सम्पन भएकाे नगर अधिवेशनबाट नव निर्वाचित सम्पुर्ण नगर कार्य समितिलाइ पदवहाली तथा हार्दिक बधाई कार्यक्रम गरीएको हो।

पदबहाली कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार देउवाले नेपाली कांग्रेसकाे वडा नगरपालिका,गाउँपालिका काे महाधिवेशनले पार्टिमा नयाँ उर्जा थपेकाे छ।काग्रेस जनताकाे हितमा लागेकाे लाेकतान्त्रिक एउटा मात्र पार्टी भएकाले निरन्तर जन्ताकाे विर्हत्तर हितकालागि लागिरहने धारणा राखे।

कार्यक्रमकाे सभापतित्वकाे आसनबाट बोल्दै नवनिर्वाचित सभापति गणेश मलासिले हामि नवनिर्वाचित टिमले आत्मियता मित्रता र सदभावना सवैसंग सधैंभरि राखेर पार्टि लाइ विस्तारित तरिकाले अगाडि बढाउन तल्लिन रहिरहने प्रतिबद्धता समेत जाहेर गरे।

उक्त कार्यक्रम काे सभापतित्व नवनिर्वाचित नगर सभापति गणेश मलासि रहनुभएको थियो भने प्रमुख अतिथिमा नेपाली कांग्रेसका डाेटि जिल्ला सभापति प्रदिप कुमार देउवा,अतिथि पार्टि सचिव नारायण जाेशि,जिल्ला सदस्य जित बहादुर खड्का,सुसिल घर्ती,लगायत दिपायल सिलगढी नगरपालिका नगर कार्यसमिति का पधाधिकारी, १ देखि ९ वटै वडाका वडासभापति र नेपाली कांग्रेस आस्थावान व्याक्ति हरुकाे उपस्थिति रहेकाे थियाे ।

गत असाेज ९ गते सम्पन्न भयाे महाधिवेशन बाट दिपायल सिलगढी नगरपालिकाको अधिवेशनमा नगर सभापतिमा गणेश मलासि निर्विरोध निर्वाचित भएका हुन भने उपसभापतिमा दसरथ बलायर र राज खड्का तेस्तै सचिवमा रामचन्द्र खड्का र राेसन कठायत निर्वाचित भएका थिए । सह-सचिवमा नेहा माझि साउद र अनुष श्रेष्ठ सदस्यमा कैलास खड्का,बाजि खड्का,देबि नेपालि,कृष्न कठायत ,कल्पना काठायत,भाेज खड्का,तिर्मल कुन्जेडा,जगत खड्का,भक्त महरा लगायत ५६ जना नगर समिति सर्वसम्मत चयन भयकाे थियाे ।

तपाईको प्रतिक्रिया