Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकामा तालाबन्दी

निराकरण सम्वाददाता अछाम :बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा समितिले अनुदान कोटा काट्ने गरेको निर्णय भन्दै गाउँपालीकामा तालाबन्दी गरिएको छ।

बुधबार शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावक र बिधार्थीले गाउँपालीकाको कार्यलयमा तालाबन्दी गरेका हुन।

असोज ११ गते बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय खारेज नभए सम्म तालाबन्दी न खुल्ने शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावक र बिधार्थीले बताए ।

शान्नीकोट आधारभूत विद्यालयमा विगत ४ वर्षदेखि कायम रहेको निमावि तहको सङ्घीय शिक्षण सिकाई अनुदान कोटा काटेको भन्दै तालाबन्दी गरिएको हो।

तपाईको प्रतिक्रिया