Advertisement
SKIP THIS
अछाममा पालीका अधिबेशनमा देउवा पक्षको ‘क्लिन स्वीव

निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको पालीका अधिबेशन अछाम जिल्लामा सम्पन्न भएको छ।

१४ औ महाधिवेशनमा अछाम जिल्लामा सभापति शेर बहादुर देउवा पक्षले ‘क्लिन स्वीव’ गरेको छ।

१० पालिका भएको अछाममा सभापति देउवा पक्षले १० ओटै पालीकामा कब्जा गरेको हो।

बान्नीगढी जयगढ गाउँपालीकामा कर्ण बहादुर ठकुल्ला , साफेबगर नगरपालिकामा लाल बहादुर कुवर ,मेल्लेख गाउँपालीकामा खकेन्द्र साउँद,चौरपाटी गाउँपालीकामा धर्म बहादुर साउँद र रामारोशन गाउँपालीमामा मान बहादुर साउद निर्वाचित भएका हुन ।

यसैगरी मंगलसेन नगरपालिकामा झपट रावल , कमलबजार नगरपालिकामा पदम बहादुर भण्डारी ,पञ्चदेवल बिनायक नगरपालिकामा सर्जन बहादुर शाही , तुर्माखाद गाउँपालीकामा कबिराम बयक र ढकारी गाउँपालीकामा धन बहादुर बुढा निर्वाचित भएका हुन । यी मध्ये साफेबगर नगरपालिका , पञ्चदेवल बिनायक नगरपालिका र तुर्माखाँद गाउँपालीकामा निर्वाचन भएको थियो । भने बाकी सात पालिका सहमतिमा नेतृत्व चयन भएको थियो ।

तपाईको प्रतिक्रिया