Advertisement
SKIP THIS
नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालीकाको सभापतिमा कर्ण ठकुल्ला सर्वसम्मत

निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालीकाको सभापतिमा कर्ण बहादुर ठकुल्ला सर्वसम्मत निर्वाचित भएका छन।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको गाउँकार्यपालीका अधिबेशनबाट बान्नीगढी जयगढ गाउँपालीकाको सभापतिमा कर्ण बहादुर ठकुल्ला , उपसभापति नवराज साउँद,दीपक शाह, सचिव खेमराज साउँद,केशर बिश्वकर्मा सर्वसम्मत निर्वाचीत भएका हुन ।

यस्तै सह सचिव झनक खत्री सदस्यमा नन्दा बोहरा, नृप बहादुर खड्का , शंकर खड्का , नवराज साउद , शम्भु बहादुर स्वार, डम्बर स्वार, नमराज शर्मा , सुरेन्द्र साउद, ईन्द्रसरा बुढा, कमला ठकुल्ला, लोकेन्द्र बहादुर ठकुल्ला राम बहादुर, कडायत, धना साउद, हिक्मत बहादुर कठायत सर्वसम्मत निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया