Advertisement
SKIP THIS
आठ दिन देखि बेपत्ता एमाले नेता रावल मृत भेटिए।

अछाम :अछामको बान्निगढी जयगढ गाउँपालिकाका नेकपा एमालेका नेता धन बहादुर रावत मृत भेटिएका छन् ।

असोज ४ गते देखी बेपत्ता रावतको शव आफ्नै गाउ दर्नाको कालारवा लेक भन्ने स्थानमा फेला परेको हो।

असोज ४ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ को अनन्ते मेला हेर्न गएका रावत त्यो दिनको रातिदेखि बेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा रावतको शव सोमवार बिहान कालारवा लेकको जङ्गलमा भेटिएको हो ।

रावतको खोजीका लागी स्थानीय सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको शब भेटिएको प्रहरीले बताएको छ ।

रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बनेका थिए । घटनाबारे अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया