निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस साफेबगर नगरपालिका कार्यसमितिको सभापतिमा लाल बहादुर कुँवर बिजयी भएका छन् । आईतवार भएको चुनावी प्रतिस्पर्धामा निकटतम प्रतिस्पर्धी भिम कुवरलाई ५७ मतले पछि पार्दै साफेबगर लाल बहादुर कुवर बिजयी भएका हुन ।
बिजयी लाल बहादुर कुवरले १सय ६८ मत प्राप्त गर्दा भिम बहादुर कुवरले १ सय १ मत ल्याए।
यस्तै उप सभापतिमा गोरख बोहरा १ सय ३६ मत ल्यायर बिजयी हुदा निकटतम प्रतिस्पर्धी मेगराज खड्काले १ सय १६ मत प्राप्त गरे। यस्तै उप सभापतिमै उज्जल बोहरा १सय २३ मत ल्यार बिजयी हुदा उनका प्रतिस्पर्धी भक्त बोहराले ९३ मत ल्याए।
यसैगरी नगरको सचिवमै शुदर्शन शर्माले १ सय ४१ मत ल्याई बिजयी हुदा प्रतिस्पर्धीहरु अनिल परियार १सय १८ एकेन्द्र भुल १सय १८ र नहकुल साउले ८७ मत ल्याए।