Advertisement
SKIP THIS
अछामका ६ स्थानीय तहमा कांग्रेसको सहमतिमै नेतृत्व चयन

निराकरण सम्वाददाता अछाम :नेपाली काग्रेसको १४ औं महाधिबेशन अन्तर्गत शनिबार पालिका अधिबेशन उद्घाटन गरिएको ।

शनिबार नै ६ वटा स्थानीय तहका सहमतिकै आधारमा नयाँ नेतृत्व समेत चयन गरिएको छ। भने बाकी रहेका ४ स्थानीय तहका सहमतिमै नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भईरहेको छ।

यी हुन सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने पालीका

चौरपाटी गाउँपालिका
चौरपाटी गाउँपालिकामा पनि सहमतिमै धर्म बहादुर साउदको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। उप सभापतिमा देउमल खड्का , कल्लान सिह थापा ,सचिव चक्र बोगटी लगायतका रहेका क्षेत्रिय प्रतिनिधि निराजन खड्का जनकारी दिए।

रामारोशन गाउँपालीका
मान बहादुर साउदको नेतृत्वमा सहमतिमै नयाँ नेतृत्व चयन भएको छ।

मंगलसेन नगरपालिका

झपट बहादुर रावलको नेतृत्वमा नयाँ नेतृत्व सहमतीमा चयन भएको छ । जसमा उप सभापती हेमराज भण्डारी, पुरन बिष्ट,सचिव वेद बहादुर थापा,मिलन रावल, सह–सचिव ललित कुमार कडायत,राम प्रसाद भाट लगाएत सिंगो नगर कार्यसमिति चयन भएको हो ।

ढकारी गाउपालिका
ढकारी गाउँपालीका अध्यक्ष समेत रहेका धन बहादुर बुढा सभापती रहने गरी नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ । उप–सभापती खडक बहादुर साउद,पदम बहादुर बुढा, सचिव टँक बहादुर साउद, कपिल कुमार बुढा, सहसचिव दिपकराज थापा,डम्मर बहादुर थापा लगाएत सबै सदस्य सहमतीमा चयन भएका प्रेस युनियन अछामका अध्यक्ष टँक प्रसाद रिमालले जानकारी दिए।

कमलबजार नरपालिका
पदम बहादुर भण्डारी सभापतित्वमा नयाँ नृतृत्व चयन भएको छ । सचिब निर्मल बिस्ट,सचिब मिन बहादुर बिष्ट,उप–सभापतीमा तक्मान बिस्ट,हर्क भण्डारी,सह–सचिबमा लब अधिकारी,सुरज थापा,कोषाध्यक्ष भोजराज ढकाल लगाएतका पदाधिकारी सर्बसम्मत रुपमा चयन भएका नगर कार्यसमितिका सचिब निर्मल बिष्टले जनाए ।

तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिकामा पनि सर्बसम्मतीमा नै नयाँ कार्यसमिति चयन भैसकेको पत्रकार महाँसंघ अछामका सह सचिब नमराज भण्डारीले जानकारी दिए।

आज गाउँ तथा नगर अधिबेशन बाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि आजको समय छलफलमै सकिएकाले बाँकी रहेका पालिकाहरुमा छलफल गर्नेक्रम चलिरहेको बताइएको छ । छलफल पश्चात सहमति खोजिने र सहमति नभए भोलि मतदान प्रक्रिया मार्फत नेतृत्व चयन गरीने महाँसंघका सह सचिब भण्डारीले बताए ।

बान्नीगढी जयगढ गाउँपालीकाको सभापति ४ जनाले दाबि प्रस्तुत गरिरहेका छन् । बान्नीगढी जयगढ गाउँपालीका वडा नं ४ अध्यक्ष कर्ण बहादुर ठकुल्ला, हालका पालीका सचिव सुरत रावल, खेमराज साउद,नवराज साउदले सभापतिमा दाबि प्रस्तुत गरेका छन्

६ पालिकामा सहमति भएपनि ४ वटामा अझैँ सहमति जुट्न सकेको छैन । जिल्लाको साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका,मेल्लेख गाउँपालिका,र पञ्चदेवल बिनायक नगरपालीकामा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भईरहेको छ ।

तपाईको प्रतिक्रिया