Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाका कर्मचारीले रिचार्ज बाफत २ लाख १४ हजार खर्च गरे   

अछाम:अछामको मंगलसेन नगरपालिकामा कार्यरत कर्मचारीले मोबाइल रिचार्जबापत २ लाख १४ हजार खर्च गरेका छन्।

सार्वजनिक स्रोतको उपयोग गर्दा अधिकत्तम प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्नुपर्नेमा मंगलसेन नगरपालिकाले भने १६ देखि १२५ जना कर्मचारीलाई अनुत्पादक प्रयोजनमा रिचार्जको नाममा मनलाग्दी खर्च गरेको हो।

न्यु सागर मोबाइल ग्यालरीबाट नगरपालिकाका कर्मचारीले २ लाख १४ हजारको मोबाइल रिचार्ज गरेको भन्दै भुक्तानी दिएका हुन्। जुन अनुत्पादक मात्र नभएर रिचार्जको नाममा भुक्तानी गर्नै नहुने रकम हो।

तर मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहराले भने नगरपालिकामा कार्यरत कर्मचारीलाई रिचार्जको सुविधा नभको बताएका छन्।

तपाईको प्रतिक्रिया