Advertisement
SKIP THIS
अछाममा पौडि खेल्ने क्रममा डुबेर ७ बर्षिय बालकको मृत्यु

निराकरण सम्वाददाता अछाम :अछाममा बर्षाको पानि जम्मा भएको ठाउँमा पौडि खेल्ने क्रममा शुक्रबार एक बालकको डुबेर ज्यान गएको छ।

जिल्लाको ढकारी गाउँपालिका वडा नं १का चन्द्र बहादुर बुढाका ७ बर्षिय छोरा खेम बहादुर बुढाको डुबेर मृत्यु भएको हो

डोजरले ढुङ्गा निकालेको ठाउमा वर्षाको पानि जम्मा भएको र स‍ोहि ठाउँमा ४ जना केटाकेटीे पौडि खेल्न गएका थिए ।

पौडि खेल्ने क्रममा ७ बर्षिय बालक खेम बहादुर बुढाको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

स्थानिय भागि नेपालिले शुक्रबार दिउँसो भैसिलाई सोही ठाउँमा पानी खुवाउन लिएको बेला मृत अवस्थामा देखेको थिईन।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया