Advertisement
SKIP THIS
महासंका पुर्ब अध्यक्ष कुवँरद्धारा कांग्रेसको १४ औं महाधिबेशनमा केन्द्रिय प्रतिनिधीका लागि उम्मेद्धारी

अछाम:नेपाली कांग्रेस अछामका आमन्त्रीत जिल्ला सदस्य राम बहादुर कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । नेता कुवँरले १४ औँ महाधिबेशनमा केन्द्रिय प्रतिनिधीका लागि क्षेत्र नं १ का उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी सुदृढीकरण तथा कार्यकतालाई क्रियाशिल बनाउन पार्टीमा सक्रिय भएर लाग्ने उद्घोष गर्दे नेता कुवँरले महाधिबेशनमा उम्मेद्धारी दिएको घोषणा गरे ।

नेपाल पत्रकार महासंध अछामका पुर्ब अध्यक्ष, प्रेस युनीयनका केन्द्रीय सदस्य रहेका कुवर पत्रकारीता क्षेत्रबाट राजिनितमा आएका हुन । नेता कुवँरले अब कांग्रेस अछामको राजनितिमा सक्रिय भएर लाग्ने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको अध्यक्ष हुदैँ नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्य रहेका नेता कुवँर रेडियो साँफेबगरका अध्यक्ष पनि हुन् ।

उनले पत्रकारीता क्षेत्रमा रहँदा समाज परिर्वतन, सुशासन र जिल्लाको समग्र विकास निर्माणका लागि भुमिका खेल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया