Advertisement
SKIP THIS
कांग्रेस अछाम जिल्ला कार्यसमितिको अन्तिम बैठक सम्पन्न

अछाम :नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको ७० औँ बैठक मंगलबार सम्पन्न भएको छ । १३ औँ महाधिबेशन बाट निर्वाचित जिल्ला कार्य समितीको अन्तिम बैठकका रुपमा आज बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

पार्टी सभापती भरत कुमार स्वाँरको सभापतित्वमा बसेको बैठकले पार्टीको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित उनिहरुका नाममा सभा हल र कोठा नामाकरण गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय निर्माणका लागि सहयोग गर्ने ३ जनाको नामबाट सभाहल र कोठा नामाकरण गरिने

जसमा बिपी स्मृती भवन निर्माणका लागि महिला नेतृ भुवनेश्वरी शर्माले ३ लाख ५१ हजार आर्थिक सहयोग गरेकोमा उनको नामबाट सभा हललाई नामाकरण गर्ने निर्णय गरिएको छ ।

यस्तै माननिय राम बहादुर बिष्टले २ लाख ११ हजार र सुबेच्छुक संस्था समन्वय बिभागका केन्द्रिय सदस्य भक्त ठकुल्लाले २ लाख ५ हजार आर्थिक सहयोग गरेकाले उनिहरुको नामबाट भवनका एकएक कोठा नामाकरण गर्ने निर्णय गरिएको सभापती भरत कुमार स्वाँरले बताए ।

आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै पदाधिकारी, सदस्य, नेता कार्यकर्ता, संघसंगठन, भातृ संस्था र सुबेच्छुक संस्थालाई सभापती स्वाँरले धन्यवाद ज्ञापन गरेका थिए ।

१४ औँ महाधिबेशनको पूर्व सन्ध्या सम्म पनि पार्टीको लेबी नबुझाएकाहरुको नामावली हरेक निर्वाचन समतिलाई दिने र लेबी नबुझाई उम्मेद्धारी दिए अयोग्ग गराउन निर्वाचन समितीलाई आग्रह गर्ने निर्णय पनि कांग्रेस अछामले गरेको छ ।

साथै बैठकले १४ औँ महाधिबेशन लाई भव्य र सभ्य रुपमा सफल पार्न सबै कार्यकर्तालाई सोही तरिकाले लाग्न आग्रह समेत गरेको छ । यस्तै १४ औँ महाधिबेशनमा सकेसम्म सबै तहका निर्वाचन सर्बसम्मत बनाउन अपिल गर्ने निर्णय पनि गरिएको छ ।

पार्टीको अन्तिम बैठकको संचालन जिल्ला कमिटी सदस्य रामबहादुर कुवँरले गरेका थिए ।

तपाईको प्रतिक्रिया