Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा संविधान दिवस मनाईयो

अछाम : संविधान दिवसको अवसरमा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा प्रभात फेरी कार्यक्रम गरिएको छ। गाउँपालिकाको आयोजनामा प्रभात फेरी आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए।

राष्ट्रिय एकता तथा संविधान दिवसको अवसरमा प्रभात फेरी गरिएको भनाई छ।

संविधान प्राप्तिका लागि आफ्नो ज्यान आहुति गर्ने महान सहिदको सम्मान, राष्ट्रिय एकता र जनताको हक अधिकारका लागि संबिधान जारी भएको अवसरमा कार्यक्रम गरिएको थियो ।

नेपाली जनताको त्याग तपस्या र वलिदानीले ऐतिहासिक सविधानसभाबाट संविधान निर्माण भएको र नेपाली जनताको लामो दशकको सपना साकार भएको दिनको अवसर आज देशका विभिन्न ठाउँ संविधान दिवस मनाइ मनाईएको छ।

तपाईको प्रतिक्रिया