Advertisement
SKIP THIS
सडक मर्मत गर्नुपर्ने माग गर्दै बान्नीगढी जयगढ गाउँपालिकाको वडा कार्यलयमा तालाबन्दी

निराकरण सम्वाददाता अछाम :सडक मर्मत गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रा( साबिकको वडा नं २ कुण्डाली)बासीहरुले वडा कार्यलयमा तालाबन्दी गरेका छन् ।

बडाकोट कुण्डाली गाजरा सडक बिग्रको लामो समय भईसक्दा समेत मर्मत गर्न पटक पटक माग गर्दा समेत कुनै चासो नदेखाएको , बिरामीहरुलाई अस्पताल सम्म लिनलाई बोकर लिनुपर्ने अवस्था सिर्जना हुदासमेत स्थानीय सरकारले कुनै वास्ता नगरेको हुदा बाध्य भएको तालाबन्दी गरिएको शंकर खड्काले बताए ।

साफेबगर नगरपालिकाले आफ्नो सिमाना बडाकोट सम्म सडक मर्मत गरिसक्दा समेत बान्नीगढी जयगढ गाउँपालिकाले कुनै चासो नदेखाएको दिपेश खड्काले बताए ।

यता बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ का अध्यक्ष हिरण्ड बहादुर खड्काले भने बर्षाको बेला भएकोले सडक मर्मत गर्न नसिकिएको बताए ।

तपाईको प्रतिक्रिया