Advertisement
SKIP THIS
प्रदेश अधिबेशन प्रतिनिधिका लागि भण्डारीको उम्मेद्वारी

अछाम : नेपाली कांग्रेसको प्रदेश अधिबेशन प्रतिनिधिका लागि युवा नेता सुशील प्रसाद भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन्।

मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट प्रदेश अधिबेशन प्रतिनिधिमा उम्मेदारी घोषणा गरेका हुन्।

नेपाल प्रेस यूनियन अछामका सचिव समेत रहेका भण्डारी काङ्ग्रेसका हरेक गतिविधि हरुलाइ सञ्चार माध्यम हरुबाट प्रचारप्रसार गर्न सक्रिय रूपमा लाग्दै आइरहेका छन्  ।

प्रेस युनियन सचिव भण्डारीले भने नेपाली कांग्रेसको संगठन बलियो बनाउन संगठन सुदृढ पार्नका लागि पार्टीको हरेक तह हरुमा युवा हरुको उत्साहजनक सहभागीता हुनु आवस्यक छ । तेसैले आफु प्रदेश प्रतिनिधि लड्न लागेको हु ।

नेपाली कांग्रेसको हरेक कार्यक्रममा सहभागी हुने भण्डारीले यसपटक आफुलाई सहयोग गर्न क्षेत्र नम्बर २ प्रदेश ( ख) का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ अपिल समेत गरेकाछन ।

तपाईको प्रतिक्रिया