Advertisement
SKIP THIS
क्षेत्रिय सह-सचिवमा गणेश बहादुर खड्काको उम्मेदवारी

निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेस क्षेत्र नं १ को क्षेत्रिय सह सचिवमा गणेश बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

साफेबगर नगरपालिका वडा नं ११ देबिस्थानका वडा अध्यक्ष समेत रहेका खड्का आसन्न १४ औं महाधिवेशनमा आफुलाई क्षेत्रिय सह सचिवको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।

नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रत्मक शासन ब्यावस्था राष्ट्रियता विधिको विधान नीति नियम कानुनको रक्षा अर्थ नेपाली काग्रेसको १४ अौं महाधिवेशन २०७८ सालको मंसिर महिनामा सम्पन्न हुन गैरहेको हुदाँ जननायक बिश्वश्वर प्रसाद कोईरालाको सिद्धान्त अनुरुप गाउँको विकास बिना देशको विकास हुन सक्तैन त्यसैले गाउँको विकास हुनु पर्छ,भन्ने नीति आत्मसात गर्नु पर्छ, तर अहिले सम्म पनि गाउँको विकास हुन सकेको छैन।

हुन त संघियतामा तीन तहको सरकारको अबधारणा गरियो तिनै सरकारलाई न्यायपालिका ब्याबस्थापिका र कार्यपालिका सहितको अधिकार पनि दिईयो।
दिए अनुसारको अधिकार कार्यन्वयन हुनसकेको छैन प्रदेश र संघ सरकारको मुख ताकनु परिरहेको छ।

त्यसैले अब स्थानीय सरकार बलियो अधिकारका साथ थप अधिकारको ब्याबस्था होस एक वडामा १० करोड सम्म बजेट जाने ब्यावस्था होस स्थानीय सरकारलाई ठूलो परियोजना बाहेक अन्य सरकारको आवश्यक प्रदैन। गाउँको बिकास गर्नु सहज हुन्छ त्यसैले गाउँको काग्रेस बलियो नहुदा सम्म देशको काग्रेस बलियो हुन सक्तैन ।

नेता शहर मुखि भन्दा गाउँ मुखि होस गाउँ जागरण अभियान चलाइयोस यहि आवाजलाई वुलन्द गरेर गाउँमा नेपाली काग्रेसलाई बलियो बनाउने आवाज उठान गरेर नेताहरुलाई दिशा निर्देशन गर्नको लागि मैले पनि १४ अौं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेसनमा क्षेत्रीय सह- सचिवको उमेदवारी घोषणा गरेको छु हजुरहरुको अमुल्य मतको अपेक्षा गरेक छु ।( जय नेपाल ) भनी खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

तपाईको प्रतिक्रिया