काठमाडौं: आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देहीको गैडहवाका एक दम्पती पक्राउ परेका छन्। गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। घटनामा संलग्न रहेका दुवैलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरेको थियो।









