अछाम :नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को उपसभापतिमा युवा नेता बिमल कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा सभापति पदमा उमेद्वारी घोषणा गरेको कुवँरले बताए ।
जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर का पुर्व ईकाई उपसभापति रहेका नेता कुवँरले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उपसभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।










