Advertisement
SKIP THIS
कांग्रेस ढकारी गाउँ कार्य समितिको सभापतिमा धन बहादुर बुढा सर्वसम्मत

सुशील भण्डारी:नेपाली कांग्रेस ढकारी गाउँ कार्य समितिको सभापतिमा धनबहादुर बुढा सर्वसहमतीबाट छनोट भएका छन ।

ढकारी गाउँपालिकामा भएको एक भेलाले नेपाली कांग्रेस ढकारी  गाउँ कार्यसमितिको सभापतिमा नेता बुढालाई  सर्वसहमतीबाट छनोट गर्ने निर्णय पारित गरेको हो ।

बुढालाई सर्वसम्मतबाट छनौट गरि पार्टी भित्र एकताको सन्देश प्रवाह गरेको नेपाली कांग्रेस महासमिती सदस्य बलबहादुर कुवरले बताए ।

कांग्रेस नेता बुढा ढकारी  गा.बि.स. पुर्व अध्यक्ष ,नेपाली कांग्रेस  जिल्ला कार्य समिती सदस्य एवं ढकारी गाउँपालिका संयोजक हुन् भने हाल ढकारी गाउँपालिका अध्यक्ष समेत रहेका छन।

पार्टी प्रति सधैं ईमान्दार ,गुटको राजनितीमा नलाग्ने सरल स्वभावका नेता बुढा पार्टी भित्र एक कुशल संगठकका रूपमा परिचित छन् । ।

तपाईको प्रतिक्रिया