सम्पादकीय
नेपाली कांग्रेसको १४ औं महाधिबेशन नजिकीदै गर्दा अछाम जिल्लामा युवाहरु नेतृत्व लिन अगाडी सरेका छन। भाद्र १८ गते सम्पन्न वडा अबिधेशनबाट समेत क्षेत्रिय प्रतिनीधिमा युवा पुस्ताको सम्मान जनक उपस्थीती रहेको छ । अछाम क्षेत्र न. १ को साफेबगर नगरपालीका वडा नं १० घुघुरकोटको वडा सभापतिमा २५ बर्षीय युवा हेमराज खड्का वडा सभापतिमा निवार्चीत भईसकेका छन ।

महासमीति सदस्य समेत रहेका युवा नेता राजन कुँवरले अछाम जिल्लाको सभापतिको लागि उम्मेद्धार घोषणा गरिसकेका छन । सम्पूर्ण युवा र सचेत पार्टीका सदस्यहरुले साथ दिए आफु १४ औं महाधिबेशनबाट अछाम जिल्लाको सभापतिमा निर्वाचीत हुने युवा नेता राजन कुँवरको दाबि रहेको छ ।
यता नेपाली काँग्रेस अछामको क्षेत्र नम्बर १ प्रदेश सभा क को सभापति पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा सभापति पदमा उमेद्वारी घोषणा गरेको बताए ।
नेपाली कांग्रेस साँफेबगर नगर कार्य समिति सभापति रहेका नेता भाटले आफुले आफ्नो कार्यकाल सफलतापुर्वक सम्प्पन गरेकाले स्वभाबिक रुपमा अब एक स्टेप माथि उक्लेर प्रदेश सभा क को सभापति पदमा उम्मेदवारी दिने बताए ।
पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उनले सभपति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।
यस्तै युवा नेता नेपाली काग्रेंसका क्षेत्रीय सदस्य महेश खड्काले नेपाली कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्धारी दिएका छन । निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै खड्काले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा ख को प्रदेश सभापतीमा डम्बर स्वारको चर्चा रहेको छ ।
यस्तै महाधिबेशन प्रतिनीधीमा समेत युवाहरुले आफुलाई उम्मेद्धारीको रुपमा प्रस्तुत गरेका छन । प्रदेश सभा ,क्षेत्रिय सभापति, सचिव, नगर तथा पालीका सभापति र सचिवमा युवाहरुले आफुलाई उम्मेद्धारको रुपमा प्रस्तुत गरिरहेका छन ।
अघिल्लो पुस्ताहरुले पार्टीको लागि महत्वपुर्ण योग्दान पुर्याएको अव त्यो पुस्ताले बिश्राम लियर अछाम कांग्रेसको नेतृत्व आफहरुलाई सुम्पीनु पर्ने युवा नेताहरुको माग छ ।









