Advertisement
SKIP THIS
सुदूरपश्चिममा एमाले भन्दा बलियो बन्यो ,एकीकृत समाजवादी

काठमाडौं:सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट निर्वाचित थप ३ सांसद्ले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभा सदस्यहरू तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । 

यसअघि १० सांसदले (एकीकृत समाजवादी) रोजिसकेका छन् । अब उक्त पार्टी सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा ठूलो दल बनेको छ । 

आज सनाखत गरेको सोडारीले अब आफूहरूको पार्टी प्रदेशसभाकै ठूलो दल बन्ने जिकिर पनि गरे ।

“हामी ३ जनाले आज सनाखत गर्याैँ । प्रदेशसभामा हामी अर्काे दलसँग बराबरी भएका छाैँ । अब भोलि एक जना सांसदले सनाखत गर्नुहुन्छ । हामी प्रदेशसभाकै ठुलो दल बन्छौँ,” उनले दाबी गरे । 

प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद् छन् ।

अब सुदूरपश्चिममा एमालेका सभामुखसहित १२ सांसद भएका छन् । 

तपाईको प्रतिक्रिया