Advertisement
SKIP THIS
साँफेबगर नगर प्रमुख र उप प्रमुख समाजवादी तिर ,गरे निर्वाचन कार्यलयमा सनाखत

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुवँरले नेकपा एकिकृत समाजवादी पार्टीमा रहेको भन्दै आज सनाखत गरेका छन् ।

नगर प्रमुख कुवँर आईतबार जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर आफु समाजवादी पार्टीमा रहेको भन्दै सनाखत गरेका हुन् ।

यस्तै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख बिर्मला बुढथापाले पनि सनाखत गरेकी छन् । उनले पनि आफु नेकपा एकिकृत समाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यायल अछाम पुगेर सनाखत गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा एमाले बाट अलग भएर नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेसंगै उनिहरुले पनि समाजवादीमै रहेको सनाखत गरेर पुष्टी गरेका छन् ।

नगर प्रमुख कुवँर र उपप्रमुख बुढथापासंगै मेल्लेख र चौरपाटी गाँउपालिकाका १२ जना जनप्रतिनिधीले पनि नेकपा एकिकृत समाजवादीमा रहेको भन्दै सनाखत गराएका बुझिएको छ ।

यसअघि चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साँउदले पनि नेकपा एकिकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।

तपाईको प्रतिक्रिया