Advertisement
SKIP THIS
ग्राहकले मोलमोलाई गर्दा ब्यापारीबाट कुटिए

टीकापुर :कैलालीको टीकापुरमा व्यवसायीद्वारा ग्राहकमाथि कुटपिट गरिएको छ । टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी ग्राहक मुना विकमाथि कुटपिट गरेकी हुन्। ग्राहक मुना विक घाइते भएकी छन् ।

पसलमा कपडा किन्ने बेला मोलमोलाइमा विवाद हुँदा व्यवसायी रावलले फलामको रडले हान्दा विकको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ ।

व्यवसायीलाई इलाका प्रहारी कार्यलय टीकापुरले नियन्त्रणमा लिएको छ भने घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया