निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम बान्नीगढी जयगढ गाउँपालीका वडा नं ३ बरदादेविको सभापतिमा ईन्द्र साँउद सर्वसम्मत निर्वाचीत भएका छन् ।
शुक्रबार भएको वडा महाधिवेशनबाट साँउद सर्व सम्मत निर्वाचीत भएका हुन। यस्तै उप सभापतिमा कृष्ण राज उपाध्याय,कोषाध्यक्ष दान बहादुर ठकुल्ला,सचिबमा भिम ऐर ,कृष्ण सेठ्ठी सह-सचिबमा डण्डीराज जैशी,रूपेश साँउद सदस्यहरूमा हिम ठकुल्ला,मनसरा भुल,केहर सिह साँउद,नरेन्द्र साँउद ,नरपता ठकुल्ला देब सरा थापा लगायतका रहेका छन् ।










