Advertisement
SKIP THIS
कांग्रेस क्षेत्र नम्बर १ द्वारा साँफेबगरमा कार्यकर्ता भेला सम्पन्न

अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ को आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप शुक्रबार हुन गईरहेको वडा अधिबेशनलाई सफलता पुर्वक सम्पन्न गर्ने बिषयमा छलफल गरेको छ ।  

वडा अधिबेशनको पुर्व सन्ध्यामा केहि ठाउँमा क्रियाशील सदस्यताका बिषयमा अन्यौल रहेकाले छिटो समाधान गर्न समेत नेतृत्व तहलाई आग्रह गरेका छन् । भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी सभापति भरत कुमार स्वाँरले १४ औ महाधिबेशनलाई एकताको महाधिबेशनका रुपमा सन्देश दिन सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

क्षेत्रिय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको भेलाका बिशिष्ट अतिथि,पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाह,पुर्ब राजदुत बल बहादुर कुवर,पुर्ब जिल्ला पार्टी सभापति नैन सि स्वाँर, मेघराज खड्का रहेका थिए ।

कार्यक्रममा महासमिति सदस्य राजन कुवर, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुँवर, टक्कर ताम्राकार, पुर्ब महाधिबेशन प्रतिनिधि टिकाराम खनाल, अर्जुन ताम्राकार,जिल्ला पार्टी सचिब भरत कुमाल, कोषाध्यक्ष झकर साउद, जिल्ला कार्यसमिति सदस्य कालु सिह कुवर, मोहन कुवर, प्रदेश क का सभापति राजेन्द्र कुवर, महिला नेत्री शान्ता कुवर, माया कुवर, लक्ष्मी शाह, रुपा आउजी लगायतको नेता कार्यकर्ताको उपस्थीति रहेको थियो । 

तपाईको प्रतिक्रिया