निराकरण सम्वाददाता अछाम :अछाममा जिप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन् ।
बुधबार बिहान मध्य पहाडी लोकमार्गमा पर्ने ठुलासैन बजार नजिकै जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाही रहेका छन् ।दुवै जनाको खुट्टामा चोट लागेको छ ।घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।
मंगलसैनबाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन ।
जिप चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।










