लाल बहादुर चदारा अछाम:मेल्लेख गाउपालिका वडा नम्बर ५ बिन्धेबासनि सरानि गाउका पहिरो पिडितलाई खाद्यान्न तथा सरसफाइका सामाग्री हस्तान्तरण गरिएको छ ।
वाक नेपालको उत्थानशिल जिविको पार्जन तथा पोषण परियोजना द्वारा दैनिक उपभोग्य खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको हो । केहि दिन अगाडि अबिरल बर्षाको कारण सरानिमा गएको पहिरोबाट बिस्थापित घर छोडेर पाल मुनि बसिरहेका ५१ घरपरिवारलाई सामग्री सहयोग गरिएको हो ।
प्रति परिवारलाई ३ हजार २ सय ५९ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको वाक नेपाल अछामले जनाएको छ । जसमा चामल, दाल, नुन,चिनि ,तेल, साबुन तथा अन्य सरसफाइ सामाग्री गरि ५१ परिवारलाई जम्मा १ लाख ६६ हजार २सय ९ रुपैयाँ बराबरको दैनिक उपभोय खाद्यान्न सहयोग गरेको छ ।
वाक नेपालका कार्यसमिति अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षतामा भएको राहत वितरणमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि, वडा नम्बर ५ का अध्यक्ष रमेश बहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले संस्था मार्फत पहिरो पिडितहरुको उद्दार तथा राहात वितरणका लागि वाक नेपालले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।
आगामि दिनमा समेत स्थानिय सरकारसँग सहकार्य गर्दै अघि बढने सघ सस्थाले यसरी नै सहयोगी हात अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । वर्ल्ड भिजन इन्टरनेशनल नेपालका मंगल शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वाक नेपालका उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना सयोजक दिलिप बोहराले गर्नु भएको थियो ।









